4
  • मंगलबार-९-३-२०७५/ 18-Tuesday-2018
  • 05:37:53
  • मतदातालाई ढुक्कसंग मतदान गर्न निर्वाचन आयोगको अपिल ।

    मतदातालाई ढुक्कसंग मतदान गर्न निर्वाचन आयोगको अपिल ।
    निर्वाचन आयोगले आगामी विहिबार २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शान्ति सुरक्षाको सुदृढ प्रबन्ध गरिएकाले निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गर्नु भएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सरकारले निर्वाचनका लागि आवश्यक सबै खालको सुरक्षा प्रबन्ध मिलाईसकेको पनि स्पष्ट पार्नु भयो ।
    प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता पालना गर्न, गराउन पनि सरकार र सम्बद्ध सबैलाई पुनः सचेत गराउनु भयो । निर्वाचन आयोगले विगतमा भन्दा निर्वाचन आचारसंहिता पालना गर्ने काममा सुधार हुँदै आएको दावी पनि गरेको छ ।
    निर्वाचन आयोगले मौन अवधिको समयमा मतदातालाई प्रभावित तुल्याउने कुनै पनि खालका गतिविधि नहुने विश्वास पनि व्यक्त गर्दै आएको छ ।
    यसैविच सुरक्षा निकायका क्षेत्रीय प्रमुख र निर्वाचन आयुक्तले प्रदेश ४ र ५ का विभिन्न जिल्लाको अनुगमन थालेका छन् । मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रक्रियाको तयारी, सुरक्षा अवस्था र आचारसंहिता पालना भएरनभएको बारे अध्ययनका लागि टोलीले हिजोदेखि अनुगमन थालेको जनाएको हो ।  क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले यसअघि प्रदेश ४ को पर्वत र तनहुँ साथै प्रदेश ५ को गुल्मी, अर्घाखाँची, पाल्पा जिल्लाको अनुगमन गरको बताउनुभयो ।
    टोलीले हेलिकप्टरमार्फत विभिन्न जिल्लाको अनुगमन गरेको हो । टोलीमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, नेपाली सेनाका महासेनानी इन्द्र रायमाझी, प्रहरीका ५ नम्बर प्रदेश प्रमुख मधु पुडासैनीलगायत छन् । आयुक्त पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जिल्लाका सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।

     

    प्रतिकृया दिनुहोस

    मतदातालाई ढुक्कसंग मतदान गर्न निर्वाचन आयोगको अपिल ।

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने राष्ट्रपति विद्या भण्डारीको विश्वास राष्ट्रपति विद्या भण्डारीले