4
  • मंगलबार-९-३-२०७५/ 18-Tuesday-2018
  • 06:00:52
  • महाकाली नदीमा पानीको वहाव बढ्दा भुजेलामा तटबन्ध कटान सुरु ।


    कञ्चनपुर, साउन ११
    सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण  महाकाली नदीमा आएको वाढिका कारण महाकाली नदीमा  वनाएको तटबन्ध कटान गरी भत्काउन शुरु गरेको छ ।  
    महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा पर्ने महाकाली नदीमा निर्माण गरिएकोे  करिव ५० मिटर तटवन्ध भत्काएको  हो । भुजेलाका स्थानीयले महाकाली नदीको सतह बढेपछि विहिवार राति देखि तटवन्ध भत्काउन सुरु गरेको वताएका छन  । नदीले तारजालीको भित्रबाटै ढुङ्गा बगाउन थालेपछि महाकाली नदी किनारमा निर्माण गरेको बाध भत्किन सुरु गरेको छ । बाध भत्किन सुरु भएपछि महाकाली नदी गाँउ पस्ने खतरा देखिएको छ ।
     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लगातार बर्षा भएपछि महाकाली क्षेत्रमा सुरक्षाकर्मी हाईअलटमा राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज विष्टले नदीको वहावले तटबन्धका तारजाली बगाएको बताएको र सो स्थानमा प्रहरी परिचालन गरेर सुरक्षा सतर्कता वढाएका वताउनुभएको छ  ।
    उता तटबन्ध भत्काउन सुरु गरेपछि स्थानिय त्रसित भएका छन भने प्रहरी , जिल्ला प्राकृतिक प्रकोप अनुगमन समिति लगायतको पहलमा तटबन्ध भत्केको स्थानमा ढुङ्गार तारजालि लगाउने काम थालेका छन ।
    शुक्रवार  बिहान ११ बजेसम्म महाकाली नदीमा पानीको वहाव ८५ हजार क्युसेक पुगेको छ ।

     

    प्रतिकृया दिनुहोस

    महाकाली नदीमा पानीको वहाव बढ्दा भुजेलामा तटबन्ध कटान सुरु ।

    कञ्चनपुर, साउन १३,डिल्लीराज पन्त  एक साता देखि सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण  महाकाली नदीमा आएको वाढिले  कञ्चनपुरको

    महाकाली नदीमा पानीको वहाव बढ्दा भुजेलामा तटबन्ध कटान सुरु ।

    कञ्चनपुर, साउन ११ कञ्चनपुरको भिमदत्तनगर २, उल्टाखाममा एक जना वालिकाको मृत अवस्थामा शव फेला परेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३

    महाकाली नदीमा पानीको वहाव बढ्दा भुजेलामा तटबन्ध कटान सुरु ।

    कञ्चनपुर, साउन २  स्थानीय कर बिरुद्ध कञ्चनपुरका अटो व्यवसायी आन्दोलनमा उत्रेका छन् । एकै स्थानमा जादा पटक पटक कर तिनुपर्ने बाध्यता रहेको भन्दै अटो