4
  • मंगलबार-९-३-२०७५/ 18-Tuesday-2018
  • 05:05:34
  • १३ वर्षिय वालिकाको शव फेला ।


    कञ्चनपुर, साउन ११
    कञ्चनपुरको भिमदत्तनगर २, उल्टाखाममा एक जना वालिकाको मृत अवस्थामा शव फेला परेको छ ।
    कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिय निर्मला पन्तको उखुबारीमा हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो ।
    बिहीबार दिउँसो साथी रोशनी बमको घरबाट होमवर्क गरेर घर फर्किरहेकी निर्मला शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । सरस्वती मावि कक्षा ९मा अध्ययनरत बालिका पन्त होमवर्क गर्नका लागि भगतपुर स्थित साथी रोशनीको घर गएकी थिईन् । साथीको घरबाट होमवर्क गरेर साईकलमा अम्बा र कापि ल्याएर घरतर्फ आईरहेकी निर्मलाको निम्बुखेला खोलापारी उखुवारीमा लगेर बलात्कार पछि घाँटी च्यापेर हत्या गरेको अशंका प्रहरीले गरेको छ ।
     उखुबारीमा निर्मला अर्धनग्न अवस्थामा फेला परेपछि उनलाई सामुहिक बलात्कार गरेर हत्या गरेको स्थानीयको दावि छ ।
    साथी रोशनीको घरबाट दिउँसो २ बजेतिर घर फर्फिएकी निर्मला घर नपुगेपछि उनको घरपरिवार र आफन्तले खोजी कार्य गरेका थिए । शुक्रबार बिहान निम्बुखेला खोला सडकमा निर्मलाको साईकल, कापी र अम्बा फेला परेपछि स्थानीयले खोला नजिकै रहेको उखुबारीमा शव भेटिएको थियो । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
     मृतक निर्मलाका साथी रोशनी बमले विहिवार दिउँसो निर्मला घरबाट आफ्नो घर आएको बताईन् । ‘दुवैले होमवर्क गरे, मैले उनलाई अब्बा दिएर घर पठाएको वताएकी छन ।
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ निम्बुखडा खोलापारी उखुबारीमा मृत फेला परेकी निर्मलाको बलात्कार पछि हत्याको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टले घटनाको सुक्ष्म अनुसन्धान भईरहेको बताउनु भयो । घटनाका संलग्न भएको भन्दै एक युवक पक्राउ परेका छन्, तर प्रहरीले ति युवकको नाम भने सार्वजनिक गरेको छैन ।

     

    प्रतिकृया दिनुहोस

    १३ वर्षिय वालिकाको शव फेला ।

    कञ्चनपुर, साउन १३,डिल्लीराज पन्त  एक साता देखि सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण  महाकाली नदीमा आएको वाढिले  कञ्चनपुरको

    १३ वर्षिय वालिकाको शव फेला ।

    कञ्चनपुर, साउन ११ सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण  महाकाली नदीमा आएको वाढिका कारण महाकाली नदीमा  वनाएको तटबन्ध कटान गरी

    १३ वर्षिय वालिकाको शव फेला ।

    कञ्चनपुर, साउन २  स्थानीय कर बिरुद्ध कञ्चनपुरका अटो व्यवसायी आन्दोलनमा उत्रेका छन् । एकै स्थानमा जादा पटक पटक कर तिनुपर्ने बाध्यता रहेको भन्दै अटो