4
  • मंगलबार-९-३-२०७५/ 18-Tuesday-2018
  • 05:35:18
  • महाकाली नदीले तटबन्ध कटान गर्दा नदि गाउ पस्ने खतरा


    कञ्चनपुर, साउन १३,डिल्लीराज पन्त


     एक साता देखि सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण  महाकाली नदीमा आएको वाढिले  कञ्चनपुरको भुजेलामा पर्ने तटवन्ध विहिवार देखि महाकाली नदिले कटान गरी भत्काउन शुरु गरेको छ ।  तटवन्ध कटान समयमै नरोकिदा नदिको पानी गाउ तिर पस्ने खनता बढेको छ । चार दिन वितिसक्दा समेत तटबन्ध कटान नियन्त्रण गर्न सम्वन्धित निकायले ध्यान दिन नसक्दा स्थानिय बासीहरु चिन्तित बनेका छन । महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका–११भुजेलामा पर्ने करिव ५० मिटर तटवन्ध भत्काएको  छ  । भुजेलाका स्थानीयले महाकाली नदीको सतह बढेपछि विहिवार राति देखि तटवन्ध भत्काउन सुरु गरेको तर ४ दिन विति सक्दा समेत प्रशासन र स्थानिय निकाय वाटखासै पहल नभएको भन्दै आफुहरु त्रसित भएको वताएका छन ।  भीमदत्त नगरपालिका–११ भुजेलाका स्थानीयले ठेकेदारको लार्पबाहीका कारण तटबन्ध भत्कीएको आरोप लगाएका छन । कमसल खालको निर्माण समाग्री प्रयोग गरेर तटबन्ध निर्माण हुदा भत्किएको हो । आफुहरु विगत ३÷४ दिन देखि तटवन्धकै किनारमै त्रसित भएर वस्न वाध्य भएको वताएका छन ।  भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेम प्रकास जैसीले ठेकेदारकै लार्पबाहीका कारण समस्या निम्तिएको बताउनु भएको छ । समयमै काम नगरिदिदा तटबन्ध भत्किन लागेको उनको भनाइ छ । यस्तै अवस्था रहे महाकाली नदी गाउ पस्ने खतरा रहेको उहाले बताउनु भयो । उहाका अनुसार महाकाली गाउ पसे भीमदत्त नगर पालिकाका ९,११, १२ र १३ गरी तीन वडा उच्च जोखिममा रहनेछन । तटबन्ध भत्किन शुरु गरेपछि जनताको तटबन्ध कार्यालय कञ्चनपुरले ठेकेदारलाई काममा खटाएको छ । अहिले तटकबन्ध निर्माणको जिम्मा पाएको केएस कन्सट्रक्सनले जाली भरान गरिरहेको छ ।  जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि ५६ करोडका तीन ठेक्का दिएको थियो । तीनै ठेक्कामा निर्माण कम्पनीले भुक्तानीको विषयलाई लिएर सम्झौता अनुसार काम सम्पन्न गरेका थिएनन ।

     

    प्रतिकृया दिनुहोस

    महाकाली नदीले तटबन्ध कटान गर्दा नदि गाउ पस्ने खतरा

    कञ्चनपुर,भाद्र १ कञ्चनपुरको महाकाली नगरपालिकाबाट नया सामुदायिक रेडियोको रुपमा रेडियो जनबोलि ८९.२ मेगाहर्जले आजबाट आफ्नो प्रसारण शुरु गरेको छ ।

    महाकाली नदीले तटबन्ध कटान गर्दा नदि गाउ पस्ने खतरा

      योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७ का मुख्यमन्त्रीत्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रि«य योग दिवसको

    महाकाली नदीले तटबन्ध कटान गर्दा नदि गाउ पस्ने खतरा

    नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत एक कर्मचारीलाई  अख्तियार दुरुपयोग अनसुन्धान