4
  • मंगलबार-९-३-२०७५/ 18-Tuesday-2018
  • 05:33:14
  • रेडियो जनबोलीको प्रसारण आजबाट सुरु,स्थानिय ठाउमा रेडियो खुलेकोमा जनता हर्सित

    कञ्चनपुर,भाद्र १
    कञ्चनपुरको महाकाली नगरपालिकाबाट नया सामुदायिक रेडियोको रुपमा रेडियो जनबोलि ८९.२ मेगाहर्जले आजबाट आफ्नो प्रसारण शुरु गरेको छ । सामुदायिक सुचना केन्द्र नेपालद्धारा सञ्चालित कञ्चनपुरको महाकाली नगरपालिका दोधरा चादनीमा पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भएको सामुदायिक रेडियो जनबोलिले आजबाट आफनो प्रसारण शुरु गरेको रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र महताले जानकारी दिनुभएको छ ।
    आज दिउसो एक कार्यक्रमका बिच रेडियोको प्रशारण शुरु भएको रेडियोका प्रवन्ध निर्दैशक ज्ञानेन्द्र महताले जानकारी दिनुभयो । एक सय वाट प्रसारण क्षमता रहेको सामुदायिक रेडियो जनबोलिलाई ८९.२ मेगाहर्जमा सुन्न सकिने निर्देशक महताले जानकारी दिनुभयो । रेडियो जनबोलिले सञ्चारक्षेत्रबाट टाढा रहेका, पिछडीएका स्थानीय बिषय बस्तुलाई प्रसारणको केन्द्रमा राखेर सुचना तथा मनोरञ्जन प्रदान गर्ने बताईएको छ । सामुदायिक सुचना केन्द्र नेपाल मार्फत सञ्चालित सामुदायिक रेडियो जनबोलिले आफ्नो प्रसारण शुरु गरेको र यो रेडियोले स्थानीय समुदायका सकारात्मक बिषय बस्तु, जनताको आवाजलाइ बुलन्द रुपमा उठान गर्ने छ । रेडियोले आम नागरिकको स्वास्थ्य, शिक्षासंगसंगै समाजमा रहेका विकृति र बिसंगतीलाई न्यूनीकरण गर्ने राज्यका तर्फबाट सञ्चालन भएका अभियानहरुमा सहयोगी बन्ने तथा सुचनाको पहुचबाट टाढा रहेका महाकाली पारीका बस्तीलाई सुचनाको पहुचसम्म पु¥याउने उदेश्यले रेडियोको स्थापना गरिएको रेडियोका निर्देशक महताले जानकारी दिनुभयो ।
    दैनिक १८ घण्टा प्रसारण हुने रेडियो जवबोलिले कञ्चनपुरसहित उत्तराखण्डका विभिन्न भारतिय शहर  लागयतका क्षेत्रमा समेत सुन्न सकिने छ ।

     

    प्रतिकृया दिनुहोस

    रेडियो जनबोलीको प्रसारण आजबाट सुरु,स्थानिय ठाउमा रेडियो खुलेकोमा जनता हर्सित

    कञ्चनपुर, साउन १३,डिल्लीराज पन्त  एक साता देखि सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण  महाकाली नदीमा आएको वाढिले  कञ्चनपुरको

    रेडियो जनबोलीको प्रसारण आजबाट सुरु,स्थानिय ठाउमा रेडियो खुलेकोमा जनता हर्सित

      योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७ का मुख्यमन्त्रीत्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रि«य योग दिवसको

    रेडियो जनबोलीको प्रसारण आजबाट सुरु,स्थानिय ठाउमा रेडियो खुलेकोमा जनता हर्सित

    नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत एक कर्मचारीलाई  अख्तियार दुरुपयोग अनसुन्धान