4
  • मंगलबार-९-३-२०७५/ 18-Tuesday-2018
  • 05:05:16
  • प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने राष्ट्रपति विद्या भण्डारीको विश्वास

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने राष्ट्रपति विद्या भण्डारीको विश्वास

    राष्ट्रपति विद्या भण्डारीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र मुलुकमा विकास निर्माणको कामले तीव्रता पाउने पनि स्पष्ट पार्नु भयो । उहाँले आर्थिक उन्नतिका लागि कृषिको आधुनिकीकरण तथा पर्यटन क्षेत्रको विस्तारमा जोड दिनुपर्ने पनि बताउनु भयो । आज काठमाडौंको बसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापू दिवसलाई सम्बोधन गर्दै उहाँले नेपालमा साँस्कृतिक सम्पदालाई सम्पन्न बनाउन ज्यापू समुदायले महत्वपूर्ण योगदान दिँदै आएको पनि स्पष्ट पार्नु भयो । राष्ट्रपति भण्डारीले ज्यापू समूदाय पौरखी र परिश्रमी भएको स्मरण गराउँदै भूकम्पपछि क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणको काममा लागि पर्न पनि आग्रह गर्नु भयो । उहाँले ज्यापू समुदायको कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण गरेर मात्रै काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण गर्न सकिने पनि स्पष्ट पार्नु भयो । राष्ट्रपति भण्डारीले मुलुकको साँस्कृतिक सम्पदाको संरक्षणका लागि एकजुट भएर अघि बढ्न पनि सबैमा आह्वान गर्नु भयो ।

    प्रतिकृया दिनुहोस

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने राष्ट्रपति विद्या भण्डारीको विश्वास

    मतदातालाई ढुक्कसंग मतदान गर्न निर्वाचन आयोगको अपिल । निर्वाचन आयोगले आगामी विहिबार २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम