4
  • मंगलबार-९-३-२०७५/ 18-Tuesday-2018
  • 05:02:24
  • घुस लिदै गर्दा बिद्युतका कर्मचारी अख्तियारको फन्दामा ।

    नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत एक कर्मचारीलाई  अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय कञ्चनपुरले आज दिउसो नगद रकम सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका २ बैतडी घर भइ हाल भिमदत्त नगरपलिका वार्ड नम्बर ६ बस्ने हर्क बहादुर चन्द रहेका छन । अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय कञ्चनपुरबाट प्रहरी निरिक्षक देब बहादुर कुबरको नेतृत्वमा खटिएको टोलीले निज चन्दलाई आज दिउसो भिनपा १२ ओदालीबाट सेवाग्राहीको घरको छतमाथिको तार हटाए बाफत  नगद रु. पाच हजार घुस लिदै गर्दा घुस रकम सहित पक्राउ गरेको हो । पक्राउ परेका चन्दलाई थप अनुसुन्धानका लागि अख्तियार दुरुपयोग अनसुन्धान आयोगको मुख्य कार्यालय टंगाल काठमाडौ पेश गरिने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रेम सागर केसीले जानकारी दिनु भयो । पक्राउ परेका चन्द बिगत चार बर्ष देखि बिद्युत कार्यालयमा कार्यरत रहेका थिए । विभिन्न क्षेत्रमा भ्रष्टाचार मौलाएसंगै पछिल्लो समयमा भ्रष्टाचार न्युनिकरणका लागि अख्तियारको कार्यालय महेन्द्रनगरले निकै सक्रियता देखाएको छ ।

     

    प्रतिकृया दिनुहोस

    घुस लिदै गर्दा बिद्युतका कर्मचारी अख्तियारको फन्दामा ।

    कञ्चनपुर,भाद्र १ कञ्चनपुरको महाकाली नगरपालिकाबाट नया सामुदायिक रेडियोको रुपमा रेडियो जनबोलि ८९.२ मेगाहर्जले आजबाट आफ्नो प्रसारण शुरु गरेको छ ।

    घुस लिदै गर्दा बिद्युतका कर्मचारी अख्तियारको फन्दामा ।

    कञ्चनपुर, साउन १३,डिल्लीराज पन्त  एक साता देखि सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण  महाकाली नदीमा आएको वाढिले  कञ्चनपुरको

    घुस लिदै गर्दा बिद्युतका कर्मचारी अख्तियारको फन्दामा ।

      योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७ का मुख्यमन्त्रीत्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रि«य योग दिवसको