4
  • मंगलबार-९-३-२०७५/ 18-Tuesday-2018
  • 04:52:18
  • योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने — मुख्यमन्त्री भट्ट

     


    योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७ का मुख्यमन्त्रीत्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मक रुपमा संचालन गरिने बताउनु भयो । हरेक मानवको पहिलो सम्पत्ति भनेकै स्वास्थ्य भएको र स्वास्थ्य रहन योग गर्न जरुरी उहाले बताउनु भयो । आफ्ना गलत आनिवानी र खानपानलाई अहिले देखि ने त्याग्नुपर्ने तथा तपाई हामि स्वास्थ्य भयौ भने मात्रै प्रदेश स्वास्थ्य रहने र स्वास्थ्य प्रदेशले सम्बृधि र विकास पनि चाडो हुने भन्दै उहाले आफ्नो डाक्टर आफै बन्नु पर्ने बेला आएको र यसका लागि हरेक दिन योगा गर्न सबैमा आह्वान समेत गर्नु भयो ।
    यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री दिर्घ सोडारीले ७ नम्वर प्रदेश का स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताउनु भयो । विकट तथा दुर दराजका बस्तिहरुलाई पनि स्वास्थ्यको पहुँचमा ल्याउन सामाजिक विकास मन्त्रालय कटिवद्ध रहेको उहाको भनाई छ ।
    चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरेको थियो । सरकारी, गैर सरकारी निकाय तथा सर्वसाधारणको उपस्थितिमा धनगढीको चौराहाबाट बिभिन्न योगमैत्री नारा सहित सुरु भएको ¥यालीले बजार परिक्रमा समेत गरेको थियो । ¥यालीका सहभागीहरुले सामाजिक विकास मन्त्रालयको प्राङ्घणमा योग अभ्यास समेत गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस

    योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने — मुख्यमन्त्री भट्ट

    कञ्चनपुर,भाद्र १ कञ्चनपुरको महाकाली नगरपालिकाबाट नया सामुदायिक रेडियोको रुपमा रेडियो जनबोलि ८९.२ मेगाहर्जले आजबाट आफ्नो प्रसारण शुरु गरेको छ ।

    योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने — मुख्यमन्त्री भट्ट

    कञ्चनपुर, साउन १३,डिल्लीराज पन्त  एक साता देखि सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण  महाकाली नदीमा आएको वाढिले  कञ्चनपुरको

    योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने — मुख्यमन्त्री भट्ट

    नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत एक कर्मचारीलाई  अख्तियार दुरुपयोग अनसुन्धान